Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको सञ्चालन मुनाफा बढेसंगै खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०७ : १४ मा प्रकाशित

छिमेक लघुवित्तको सञ्चालन मुनाफा बढेसंगै खुद मुनाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २१ करोड ४१ लाख ०६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३१.५३ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ४५ लाख ८० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २३.५० प्रतिशतले बढेर ५३ करोड ३८ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४३ करोड २२ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि प्रतिशतले बढेर ३१ करोड ५२ लाख ४३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४ करोड २८ लाख  रूपैयाँ ऋणात्मक थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ८३ करोड र जगेडा कोषमा ३ अर्ब २८ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ८४.९४ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४६ रुपैयाँ ८० पैसा पुगेको छ । संस्थाको  प्रतिसेयर नेटवर्थ २७९ रुपैयाँ ६२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३७.८२ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6191b89e1d945.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको