Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १० : ४० मा प्रकाशित

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार ९७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । यो सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउछन् । सेयर किन्न इच्छुक संस्थापकले सम्बन्धित सेयरधनीसँग समन्वय गरी आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको