Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०७ : ४८ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ८ करोड ९४ लाख रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६.०४ प्रतिशतले घटेर २७ करोड २५ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २९ करोड १ लाख रूपैयाँ रहेको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६.१५ प्रतिशतले घटेर १३ करोड १८ लाख ८० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा १४ करोड ५ लाख  रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख र जगेडा कोषमा १ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा संस्थाको रिजर्भको आकारमा ३३ प्रतिशतले बृद्धि भएको हो । 

समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५३ रुपैयाँ ६७ पैसा पुगेको छ । संस्थाको  प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ ५३ पैसा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6191c1760ce58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको