Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सिईओ बन्न ११ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, ०८ : २४ मा प्रकाशित

नेप्सेको सिईओ बन्न ११ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

नेपालको सेयर बजार सञ्चालक निकाय नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न आइतवार अन्तिम दिनसम्ममा कुल ११ जनाले आवेदन दिएका छन् ।

सीईओका लागि आवेदन दिनेहरूमा डा. केशव प्रसाद श्रेष्ठ, डा रमेशकुमार भण्डारी, प्रबिन पन्दाक, रमेश घिमिरे, बद्री प्याकुरेल, निरन्जन फुयाँल, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोबिन्द दुलाल,छविराज पन्त र जीवन अमगाइ रहेका छन् ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरण मुछियपछि उनले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदको लागि सरकारले आवेदन खुला गरेको हो ।

अर्थ मन्त्रालयले नेप्सेको सिईओ नियुक्तिका लागि सिफारिस गर्नका लागि सिफारिस समिति गठन गरेको छ यहि समितीले योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ र तिनैमध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई सिईओ नियुक्त गर्ने कानुनी ब्यबस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको