एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुंगाबाट ककनी बजार जाँदै गरेको बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।
दुर्घटनामा परी केही यात्रुकाे हताहती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।
प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।
दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस