जिप दुर्घटनामा परी दार्चुलामा दुई भारतीय सहित ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीकोे बकजेबलामा जिप दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । जिप चालक जोशीको टाउकोमा चोट लागेको छ ।
दुर्घटनामा परेर जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय संजिव बोहरा, वीरेन्द्र बोहरा, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीया मिना लेखक तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम छन् । एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस