अर्थ संसार, काठमाडौं–फक्स वेगन ग्रुपले आफ्नो अघिल्लो बर्षको संख्याको कृतिमानलाई उछिन्दै यस बर्षको शुरु देखि ४२ लाख गाडी आफ्नो ग्राहकहरुलाई बिक्रीबितरण गरि सकेको छ ।
ग्रुपले मय महिनामा मात्र ३.१ प्रतिशत बडौती गरि ८ लाख ९९ हजार वटा गाडी बिक्री बितरण गरेको छ ।
“दक्षिण अमेरिकामा पछिल्लो केहि महिनाको प्रदर्शनले हाम्रो हौसला बढाएको छ । यसको प्रतिबिम्व हामीले यस क्षेत्रमा बढाएको बिक्री बितरणमा झल्कन्छ,” गु्रप सेल्सका प्रमुख फ्रेड क्यापलरले फक्स वेगन एक्टीनगीसेलस्काफ्टमा भन्नु भयो ।
यस कम्पनीबाट निमार्ण हुने ग्यारेन्टीड, गुणस्तरलाई नेपालमा ल्याउने अधिकृत बिक्रेता पुजा ईन्टरनेशनलले मन सुन अफर ल्याएको छ । यस अन्तगर्त ग्राहकहरुले फक्स वेगनको नयाँपोलो र भेन्टोमा ४ बर्ष सम्म स्पेयर्स र सर्भिस सित्तैमापाई रहनुहुने छ । यो अफर सिमीत अवधिको निम्ती लागु हुने छ ।
फक्स वेगनको नेपालका वर्कशपमा उपलब्ध स्तरीय सेवाहरु :
– एक्सटेन्डेन्ट सर्भीस –काठमाडौमा बिहान७ बजे देखि साँझ७ बजे सम्म
– शंसोधित स्पेयर मूल्य (कनज्यूमएवल स्पेयर्स अव ३३% सम्म कममुल्यमा)
– २४ ह७ सेवा(हटलाईन –९८०१३४४२९९)
– रोड साइड सेवा
– फक्स वेगन जर्मनीबाट प्रशिक्षीतदक्ष टोलीद्वारा सुपरिवेक्षण
– डोर स्टेप पिक एण्ड ड्रप सेवा
“फक्स वेगन माथि विश्वास गरि खरिद गर्नुहुने सम्पुर्ण ग्राहकहरु प्रतिहामी कृतज्ञ छौं । जर्मनीद्वारा निमार्ण गरिएको गाडीहरुले ग्राहकहरुको चाहनाको सीमालाई पार गरेको छ । अब सर्भीसको पक्षमा पनि नेपालको अटोमोवाईल उद्योगमा नै सर्वोतकृष्ठ सेवा प्रदानगरि ब्राण्डको छविलाई अझबलियो बनाउनै छौं,”पुजा इन्टरनेशनलका सि.इ.ओ. बिबेक बिजुक्छेले भन्नु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस