Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यस्तो छ कारण !

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १२ : ३७ मा प्रकाशित

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यस्तो छ कारण !

आज मंगलबारको सेयर कारोबारमा नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । आज नेप्सेमा बोटलर्स नेपाल(तराई) र अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । 

आज कारोबार खुेको केहि समयमा नै यी दुई कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक पछि बोटलर्स नेपाल(तराई) को सेयर मूल्य प्रतिकित्ता १४ हजार ३०८ रुपैयाँ पुगेको छ भने अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६४१.३० पैसा कायम भएको छ । 

आज मंगलबार यी दुबै कम्पनीहरुले चालु आर्थिक बर्षको वित्तिय विवरण प्रकाशित गरेकाछन् । प्रकाशित विवरण अनुसार दुवै कम्पनीहरुको मुनाफामा राम्रो बृद्धि भएको देखिन्छ । बोटलर्स नेपाल(तराई) को सेयर मूल्यमा विगत २ दिन देखि नै सकारात्मक सर्किट ब्रेक लाग्दै आएको थियो भने अप्पर तामाकोसी हाइड्रोपावरको सेयर मूल्यमा आज वित्तिय विवरण प्रकाशन भएपछि सर्किट लागेको हो । 

बोटलर्स नेपाल (तराई) ले पहिलो त्रैमाससम्ममा कम्पनीले ३८ करोड ९ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको देखिन्छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३३.१९ प्रतिशतले बढि हो । गत बर्ष यसै अवधिमा कम्पनीले २८ करोड ६० लाख ११ हजार रुपैयाँ कमाएको थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ पनि बढेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बार्षिकृत १ हजार २६० रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षमा ९ सय ४५ रुपैयाँमा सिमित थियो । त्यस्तै यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात(पिई रेसियो) ३२ गुणा रहेको छ ।

त्यस्तै अप्पर तामाकोसी हाइड्रोपावरले पनि पुर्ण क्षमतामा व्यवसायिक उत्पादन थालनी गरेसंगै कमपनीले मुनाफा कमायको हो । आज प्रकाशित कम्पनीको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी १ करोड ७८ लाख रुपैयाँ घाटा खुद घाटामा थियो।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ९८ रूपैयाँ १० पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको