Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको प्राविधिक विश्लेषणः २७५० को रेसिस्टेन्स तोडियो अबको यात्रा कता ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १६ : ०७ मा प्रकाशित

नेप्सेको प्राविधिक विश्लेषणः २७५० को रेसिस्टेन्स तोडियो अबको यात्रा कता ?

सोमबारको हाम्रो विश्लेषणमा हामीले आज(मंगलबार) को बजारले वार कि पार को निर्णय गर्नेछ भनेका थियौं ।  आज बजारले  २७५० को बिन्दुलाई राम्रो भोलुम सहित क्रस गरेको खण्डमा बजारमा राम्रो मुभ आउन सक्ने हाम्रो विश्लेषण रहेको थियो भने २६८५ भन्दा तल क्लोजिंग दिएको अवस्थामा बजार अझ तल झर्न सक्ने सम्भावनालाइ औल्याएका थियौ । बजार बढेर नै जाने हाम्रो अपेक्षा अनुरुप नै  बजारले आज २७५० को रेसिस्टेन्सलाइ मज्जाले क्रस गर्दै नेप्से  २७८४.५८ को बिन्दुमा क्लोज भएको छ ।  

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

१. २८७८ बाट नेप्से लगातार खसेर बनेको डाउन ट्रेन्डलाइ ब्रेक गर्दै बजार अगाडी बढेको छ जसले आगामी दिनमा बजार बढेर जाने देखाउछ ।  
२. मर्निङ्ग स्टार प्याटर्नलाइ पछ्याउदै बजार बढेको छ, यसले बजार घट्दो ट्रेन्डबाट  रिभर्सल भई बढ्दो  ट्रेन्डतर्फ उन्मुख भएको संकेत दिन्छ ।  
३. बजारमा बुलिश मारुबोजु क्यानडल बन्दै गर्दा हिजोको तुलनामा भोलुम पनि बढेको छ । बजार बढ्दा भोलुम पनि बढ्नुले बजारमा राम्रो खरिद चाप रहेको स्पस्ट पार्दछ जसले आगामी दिनमा बजार अझै बढेर जाने संकेत गर्दछ ।  
 
अबको यात्रा कताको ? लगानीकर्ताले कुन कुन बिन्दूहरुमा बिशेष ध्यान दिने ?

विश्व प्रसिद्ध फ़िबोनासी रिट्रेस्मेण्ट टुल प्रयोग गरि हेर्दा आज बजारले क्लोजिंग दिएको बिन्दु एउटा विशेष बिन्दु हो । बजार २८७८ को बिन्दुबाट घटी २४८० सम्म आएर बढ्ने क्रममा तल चार्ट्मा देखिएजस्तै  ०.२३६ को बिन्दु २७८४ मै बजार क्लोज भएसंगै अबको पहिलो टार्गेट २८७८ को हुनेछ। २८७८ को बिन्दुलाई पनि क्रस गरेको खण्डमा बजारको यात्रा ३००० माथिको हुन सक्नेछ ।

लगानीकर्ताहरुले अब विशेष ध्यान दिनुपर्ने दुइ विन्दुहरू २७५० र २८७८ हुन् ।  बजार घट्ने क्रममा २७५० को आसपासबाट फर्किए सम्म बजारको अपट्रेन्ड कायम रहनेछ भने २८७८ लाइ बजारले बलियो रेसिस्टेन्सको रुपमा लिन सक्ने देखिन्छ ।

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

6193879f16491.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको