Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १० : ३७ मा प्रकाशित

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा जीवन बिमा कोष १०१ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिमा कोषमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ५० दशमलव ४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यसले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ चार पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको