Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफ इन्स्योरेन्सको नाफामा १३३ प्रतिशतको उछाल, ईपिएस कति ?

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०७ : २५ मा प्रकाशित

ज्योति लाईफ इन्स्योरेन्सको नाफामा १३३ प्रतिशतको उछाल, ईपिएस कति ?

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३३ प्रतिशतले बढेर २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १५.६६ प्रतिशतले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ७९ करोड १ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड ५७ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा रहेको छ । सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी बिच मर्जर सम्झौता भइसकेकाले हाल दुबै कम्पनीको सेयर कारोबार भने रोक्का छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको