Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको नाफा ७०.९९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २५ बैशाख २०७९, ११ : १६ मा प्रकाशित

ज्योति लाइफको नाफा ७०.९९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आइपुग्दा २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ७०.९९ प्रतिशतले धेरै हाे । गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड ७ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १२.७९ प्रतिशतले धेरै हाे । गत वर्षकाे यही अवधीमा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे थियाे ।

कम्पनीकाे बिमा कोषको आकार पनि ६१.९१ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड १८ लाख २७ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र जगेडा कोषमा ५६ करोड ६८ लाख ४७ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

627758561e2f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको