Like us!
Follow us!
Connect us!
Watch us!

ज्याेति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ११ : ४७ मा प्रकाशित

ज्याेति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

ज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको साउन २० गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे  ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै भनेकाे छ, "उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०७९/०४/२० गते दिउँसो १:३० बजे कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा बसेको संचालक समितिको ११३ औं बैठकबाट यस कम्पनीको आ.ब. २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पारित गरि स्वीकृतिको लागि नियामक निकायमा पठाउने निर्णय गरिएको र यस आ.ब. मा कम्पनीले कुनै लाभांस वितरण गर्ने निर्णय नगरेको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।"

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62ef56e0a7565.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको