सरकारले ४ आपूर्तिकर्ता तथा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (बुधबार) एक सूचना सार्वजनिक गर्दै सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने ४ कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ।
न्यू लक्ष्मी इन्डस्ट्रिज एन्ड सप्लायर्सलाई एक वर्षकाे लागि, सापकोटा सप्लायर्स एन्ड निर्माण सेवालाई एक वर्षकाे लागि, लार्ज बास्केटलाई एक वर्षकाे लागि र भैरव कन्स्ट्रक्सन कम्पनीलाई दुई वर्षकाे लागि कालाेसूचीमा राखिएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस