Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १२ : ०८ मा प्रकाशित

गरिमा विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति, व्याज कति ?

गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ ।

बैंकले ७ वर्ष अवधिकाे "८.७५% गरिमा डिबेञ्चर, २०८५" काे नाममा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ११ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले कार्तिक १७ गते अनुमति प्रदान गरेकाे हाे । निष्कासन गरिने कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको