गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडको नामबाट कात्तिक २८ गते आइतबारबाट एकिकृत कारोबार सुरू भएकाे छ ।
गरिमा विकास बैंकको भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएका थिए ।
गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को सेयर आदान प्रदान रेशियोमा प्राप्ति गरेको हो । प्राप्तिपछि लगानीकर्ताले सहारा विकासको १ कित्ता सेयर बराबर गरिमा विकासको १ कित्ता नै सेयर पाउनेछन् ।
दुवै बैंककाे एकिकृत काराेबार सुरू भएसँगै ४ वर्षदेखि राेक्का रहेकाे सहारा विकास बैंककाे काराेबार कहिले खुल्ला भन्ने लगानीकर्ताहरूलाई चासाेकाे विषय बनेकाे छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहारी पराजुलीका अनुसार गरिमा विकास बैंकले राष्ट्र बैंकबाट अन्तिम स्विकृती पाएकाे सबै पत्रहरू नेप्सेमा बुझाएपछि नेप्सेले सहारा विकास बैंककाे सेयर गरिमा विकास बैंककाे नाममा नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस