Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको प्राविधिक विश्लेषणः विहिबारको करेक्सन प्रोफिट बुकिङ, २७५० को बलियो टेवा

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १७ : ०४ मा प्रकाशित

नेप्सेको प्राविधिक विश्लेषणः विहिबारको करेक्सन प्रोफिट बुकिङ, २७५० को बलियो टेवा

यो साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ३२.३९ अंकले घटेको छ।  ४० अंकभन्दा बढीले घटिसकेको बजारमा अन्तिम ५ मिनेटमा करिब ५२ करोडको कारोबार भइ बजार ३२.३९ अंकले घटि क्लोज हुनुलाई प्राविधिक विश्लेषणमा अर्थपूर्ण रुपमा लिन सकिन्छ।  
अब बजार के होला ? 

बजार २७५० भन्दा माथि रहदा सम्म अप ट्रेन्ड नै कायम रहने कुरा हामीले यस भन्दा अघि गरिएका विश्लेषणहरुमा पनि उल्लेख गरेका थियौ। आज हामीले बजारको १ घण्टे कारोबारको आधारमा विश्लेषण गर्ने प्रयास गरेका छौ।  

त्यसरी हेर्दा बजारमा अप ट्रेन्ड कायम रहन आउने आइतबारको बजार या त अहिलेकै बिन्दु या २७५० देखि २७३५ को आसपासबाट माथितिर फर्किनु पर्ने हुन्छ।  यदि २७५०-२७३५ को आसपास बाट बजार फ़र्किएन भने बजार थप घट्न सक्ने सम्भावना देखिन्छ।  

बजार बढ्दै जाँदा बजारले २८२० लाइ क्रस गर्न सकेको अवस्थामा मात्र बजार थप बढेर जाने देखिन्छ।  

१. बजारमा अप ट्रेन्ड कायमै रहेको छ।  

२. आइतबारको बजार आहिलेकै बिन्दु वा २७५० देखि २७३५ आसपासबाट उकालो लाग्दै गएमा अप ट्रेन्ड कायम रहने कुरामा थप सुनिस्चित हुन सकिन्छ। 

३. बजार बढ्दै जाने क्रममा २८२० लाइ क्रस गरेर माथि रहन सक्यो भने बजारमा ठुलो मुभ आउन सक्ने देखिन्छ। 

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

619637539f20b.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको