Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी लगानीका ३ बैंक : अधिकांश सूचकमा राष्ट्रिय वाणिज्य बैंक अब्बल, कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १३ : ०६ मा प्रकाशित

सरकारी लगानीका ३ बैंक : अधिकांश सूचकमा राष्ट्रिय वाणिज्य बैंक अब्बल, कुन सूचकमा कुन बलियो ?

सरकारकाे लगानी भएकाे ३ वटा बैंक अर्थात् कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ३ वटैले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । आज हामीले यी ३ वटा बैंकको वित्तीय विवरणलाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ ।

चुक्ता पूँजीकाे आधारमा

चुक्ता पूँजीकाे आधारमा तुलना गर्दा कृषि विकास बैंक लिमिटेडकाे चुक्ता पुँजी १६ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंक लिमिटेडकाे चुक्ता पुँजी १२ अर्ब ६३ कराेड ६७ लाख ५८ हजार रूपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे चुक्ता पूँजी १० अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको छ । यसरी हेर्दा चुक्ता पूँजीमा कृषि विकास बैंक अब्बल रहेकाे छ । 

खुद नाफाकाे आधारमा

खुद नाफाकाे आधारमा हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडकाे नाफा ४८ करोड ५३ लाख ७८ हजार रूपैयाँ, नेपाल बैंककाे नाफा ७५ करोड ४८ लाख ५५ हजार रूपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे नाफा एक अर्ब ५ करोड ६ लाख रूपैयाँ रहेकाे छ । नाफाकाे हिसाबले हेर्दा राष्ट्रिय वाणिज्य बैंक अन्य २ वटा बैंक भन्दा अगाडि रहेकाे छ । 

वितरणयाेग्य नाफाकाे आधारमा

कृषि विकास बैंककाे वितरणयोग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ, नेपाल बैंककाे वितरणयोग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंककाे वितरणयाेग्य मुनाफा ५ अर्ब ३७ कराेड ९५ लाख रूपैयाँ रहेकाे छ । वितरणयाेग्य नाफाकाे आधारमा राष्ट्रिय वाणिज्य बैंक अब्बल छ । 

जगेडा काेषकाे आधारमा

जगेडा काेषकाे आधारमा हेर्दा कृषि विकास बैंककाे जगेडा कोषमा १५ अर्ब ४८ करोड रुपैयाँ, नेपाल बैंककाे जगेडा काेषमा १७ अर्ब २२ कराेड ५६ लाख एक हजार रूपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे जगेडा काेषमा १५ अर्ब ६६ करोड रुपैयाँ सञ्चित रहेकाे छ । याे तथ्याङ्कले ३ वटा बैंकमध्ये नेपाल बैंककाे जगेडा काेष धेरै रहेकाे देखाउँछ ।

सञ्चालन नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कृषि विकास बैंककाे सञ्चालन मुनाफा ६२ करोड ४८ लाख रुपैयाँ, नेपाल बैंककाे सञ्चालन मुनाफा ९५ कराेड ८५ हजार रूपैयाँ र राष्ट्रिय वाणिज्य बैंककाे सञ्चालन नाफा १ अर्ब २८ करोड ५५ लाख रूपैयाँ रहेकाे छ । याे सूचकमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अब्बल छ । 

खुद व्याज आम्दानी

कृषि विकास बैंक लिमिटेडकाे खुद व्याज आम्दानी एक अर्ब ७३ करोड २१ लाख रुपैयाँ, नेपाल बैंककाे खुद व्याज आम्दानी एक अर्ब ६५ कराेड ९० लाख १७ हजार रूपैयाँ र राष्ट्रिय वाणिज्य बैंककाे खुद व्याज आम्दानी २ अर्ब ३४ करोड ७५ लाख रूपैयाँ रहेकाे छ । खुद व्याज आम्दानी पनि राष्ट्रिय वाणिज्य बैंककाे धेरै छ ।

प्रतिसेयर आम्दानी 

कृषि विकास बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ७० पैसा,  नेपाल बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ८९ पैसा र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी (ईपीएस) ४१ रूपैयाँ २६ पैसा रहेकाे छ । प्रतिसेयर आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि छ ।

प्रतिसेयर नेटवर्थ

असाेज मसान्तसम्म कृषि विकास बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ २ पैसा र नेपाल बैंक लिमिटेडकाे प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेकाे छ । कृषि विकास बैंक भन्दा नेपाल बैंककाे नेटवर्थ धेरै छ ।

मूल्य आम्दानी अनुपात (पीइ रेसियाे)

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कृषि विकास बैंककाे मूल्य आम्दानी अनुपात ३४.५५ गुणा र नेपाल बैंककाे मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेकाे थियाे ।

 

619750c27d72a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको