Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा नै गरे चिनियाँ अधिकारीले घोषणा : अब खुल्ने भयो तातोपानी नाका

बुधबार, ०७ असार २०७४, १३ : ०५ मा प्रकाशित

काठमाडौँमा नै गरे चिनियाँ अधिकारीले घोषणा : अब खुल्ने भयो तातोपानी नाका

अर्थ संसार,  काठमाडौं –– भूकम्पका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको तातोपानी नाका सञ्चालन गर्न चीन सरकार तयार भएको छ । सो नाका नखुल्दा लामो समयदेखि नेपाली व्यावसायी मारमा परेका थिए ।

नेपाली व्यवासायीले लामो समयदेखि आफुहरु मर्कामा परेको भन्दै चिन्ता व्यक्त गरिरहेको र सरकारले पटक पटक सो नाका खोल्न आग्रह गरेकाले पनि चीन सरकार नाका खोल्न तयार भएको हो ।

गत चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग तातोपानी नाका खोलीदिन आग्रह गरेका थिए । यस्ते गत वैशाखामा एक क्षेत्र एक मार्गको हस्ताक्षर समारोहमा पुगेका उपप्रधानमनत्री कृष्ण्बहादुर महरा नेतृत्वको टोलीले पनि चिनियाँ पक्षसँग सो नाका खोलीदिन आग्रह गरेका थिए ।

अवरुद्ध भएको तातोपानी नाका शीघ्र सञ्चालन गर्न नेपाल र चीनले सहकार्य गर्ने वचन दिएको परराष्ट्र मन्त्रालयले जनाउको छ ।नेपाल र चीन  संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा उक्त नाका शीघ्र सञ्चालन गर्न दुवै मुलुकले मिलेर काम गर्ने जनाएको हो ।

बैठक मंगलबार राजधानीमा सम्पन्न भयो । बैठकमा नेपाल–चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार बैठकमा विशेषगरी दुई मुलुक बीचको राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने, उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने, व्यापार, पर्यटन प्रवद्र्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत आपसी हितका अन्य क्षेत्रमा सहयोग आदान–प्रदान गर्ने विषयमा छलफल भएको छ ।

यसैगरी, बैठकमा दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमतिको कार्यान्वयन गर्ने तथा छलफलमा रहेका आर्थिक सहयोगसम्बन्धी सम्झौता र समझदारीलाई आपसी सहमतिमा यथाशीघ्र टुङ्गोमा पु¥याउने सम्बन्धमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच हालै सम्पन्न ‘वेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगसम्बन्धी सम्झौताले समेटेका विषयलाई कार्यान्वयन गर्ने तथा दुवै मुलुकबीच स्थापित द्विपक्षीय विषयगत परामर्श संयन्त्रको नियमित बैठक आयोजना गर्ने बारेमा पनि बैठकमा छलफल भएको जनाएको छ ।

चिनियाँ सहयोगमा सञ्चालित परियोजना र कार्यक्रमको तदारुकताका साथ कार्यान्वयन गर्न तथा भावी दिनमा आर्थिक सहयोग र सहकार्यलाई गति दिन अन्तर निकाय समन्वय बढाउन दुवै मुलुकका परराष्ट्र मन्त्रालयले मिलेर काम गर्ने सम्बन्धमासमेत छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

दुवै मुलुकबाट हुने उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि नेपाल र चीनको परराष्ट्र मन्त्रालयबीच नियमितरुपमा सम्पर्कमा रही सहकार्य गर्ने तथा सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रवद्र्धनका लागि दुवै देशका सरोकारवाला निकायहरु मिलेर प्रवद्र्धनात्मक कार्यक्रम चीनमा सञ्चालन गर्ने र यसका लागि दुवै राष्ट्रका परराष्ट्र मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति भएको उहाँले जानकारी गराउनुभयो ।

नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन् १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा उक्त संयन्त्र गठन भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको