Like us!
Follow us!
Connect us!
Watch us!

१००% हकप्रद निष्कासन गर्न नारायणी डेभलपमेन्ट बैंकले पायाे बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १४ : ३४ मा प्रकाशित

१००% हकप्रद निष्कासन गर्न नारायणी डेभलपमेन्ट बैंकले पायाे बोर्डबाट अनुमति

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

बैंकले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । बाेर्डले आज (मंसिर ३ गते, शुक्रबार) अनुमति दिएकाे हाे ।

बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएकाे थियाे । 

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

619765cea3721.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको