Like us!
Follow us!
Connect us!
Watch us!

युरोपभर फेरि बढ्यो कोभिड संक्रमण

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, ०८ : ३२ मा प्रकाशित

युरोपभर फेरि बढ्यो कोभिड संक्रमण

युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीब्र बृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् । 

पछिल्लो साता जर्मनीमा कोभिड संक्रमण तीब्र बढेको छ । जर्मनीमा बिहीवार ६५ हजार नयाँ संक्रमित भेटिएका थिए । यो संक्रमण दर  महामारी सुरु भएयताकै सबैभन्दा ठूलो हो । पछिल्लो संक्रमणलाई त्यहाँका स्वास्थ्यमन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भनेका छन् ।

कोभिड संक्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्रस्वरुप देशव्यापी लकडाउन  घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् ।

त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठूलो जनसंख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो ।

अस्ट्रियामा अहिले औषतमा दैनिक १ हजार संक्रमित भेटिएका छन् । त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि संक्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिबार नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको