Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको कमलादी भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १६ : ४६ मा प्रकाशित

सिटिजन्स बैंकको कमलादी भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा सुरु

सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादी ,काठमान्डौँमा २२ नोभेम्बर, २०२१ मा  काउन्टर विस्तार गरेको छ । यसअघि बैंकको प्रधान कार्यालय,नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ ।

बैंकले छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले कमलादीमा  आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग  सेवा सुरु गरेकाे हाे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको