Like us!
Follow us!
Connect us!
Watch us!

दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १६ : ५९ मा प्रकाशित

दाङको मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा यही मंसिर ३ गतेबाट ८६ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी  होति देवि वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 



                                          

          
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको