Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ रेञ्ज ?

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १३ : ११ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचिकृत, कति पायाे ओपनिङ रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPC सिम्बाेल पाएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक १६ गते, मंगलबार सम्पन्न भएकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियाे । जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

619dea0ae37dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको