Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे सामलिङ्ग पावरकाे काराेबार राेक्का

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, १६ : २२ मा प्रकाशित

नेप्सेले गर्याे सामलिङ्ग पावरकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठक ९:३० बजे बसेर आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि बाेनस सेयर तथा नगद लाभांश नदिने प्रस्ताव गरेकाे जानकारी नेप्सेमा भने ३:४२ मा गराएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा

ऐ. विनियमावलीको विनियम १६( १ (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63931048089fc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको