Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे सामलिङ्ग पावरकाे काराेबार फुकुवा

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १६ : १० मा प्रकाशित

नेप्सेले गर्याे सामलिङ्ग पावरकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठक ९:३० बजे बसेर आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि बाेनस सेयर तथा नगद लाभांश नदिने प्रस्ताव गरेकाे जानकारी नेप्सेमा भने ३:४२ मा गराएकाे भन्दै नेप्सेले सूचना लुकाएकाे आरोपमा कम्पनीको कारोबार रोक्का गरेको थियाे ।

सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा

कम्पनीले कम्पनीका सञ्चालकबाट धितोपत्रको मूल्यमा प्रभावपार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दा गर्दै प्राविधिक रुपमा मानविय त्रुटिले फरक अवस्था सृजना हुन गएको मात्र हो र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेकोले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

639af69f67f1f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको