Like us!
Follow us!
Connect us!
Watch us!

अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १४ : ५७ मा प्रकाशित

अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकृत रूपमा बिक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिवाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक  बिक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः बिक्रेतामाथि आरोप लागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको