Like us!
Follow us!
Connect us!
Watch us!

स्टक स्पिल्ट गर्दै अमेजाेन, १ कित्तालाई २० कित्ता बनाउँदै

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, १४ : ०८ मा प्रकाशित

स्टक स्पिल्ट गर्दै अमेजाेन, १ कित्तालाई २० कित्ता बनाउँदै

अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजाेनले सेयर स्पिल्ट गर्ने भएकाे छ । अमेजाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले सेयर स्पिल्ट गर्ने घाेषणा गरेकाे हाे । 

अमेजाेनले १ कित्ता सेयरलाई २० कित्ता बनाउन लागेकाे हाे । अर्थात् कम्पनीकाे १ कित्ता सेयर भएका सेयरधनीले स्पिल्टपछि २० कित्ता सेयर प्राप्त गर्नेछन् ।  

स्टक स्पिल्ट गरेपछि अमेजाेनकाे सेयर संख्या १९ गुणाले बढ्नेछ । अमेजाेनले सेयर स्पिल्ट गर्न लागेकाे याे चाैथाे पटक हाे ।  यसअघि कम्पनीले पहिलो पटक सन् १९९७ मा स्टक स्पिल्ट गरेको थियो । सन् १९९८ मा पनि कम्पनीले एउटा सेयरलाई ३ कित्ता बनाएकाे थियाे । त्यस्तै सन् १९९९ मा पनि कम्पनीले एउटा सेयरलाई दुई कित्ता पारेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको