Like us!
Follow us!
Connect us!
Watch us!

युरोपमा अमेजनको १.३ अर्ब डलर बढीको सेकेन्ड ह्यान्ड सामानको व्यापार

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १५ : ५० मा प्रकाशित

युरोपमा अमेजनको १.३ अर्ब डलर बढीको सेकेन्ड ह्यान्ड सामानको व्यापार

युरोप तथा ब्रिटेनमा अमेजन कम्पनीको सेकेन्ड ह्यान्ड सामानको व्यापार १.३ अर्ब भन्दा बढीको व्यवसाय बनेको छ ।

सामाग्रीहरुको बढ्यो मूल्यवृद्धिका बीच उपभोक्ताहरुले प्रयोग भइसकेका तथा रिफर्बिस्ड अर्थात मर्मत गरि नयाँ बनाइएका सामाग्रीको प्रयोग बढाएका हुन् । महङ्गी थप बढ्ने देखिएसँगै धेरै जसो खुद्रा बिक्रेता तथा उत्पादकहरुले सेकेन्ड सामान कै उपभोग बढ्ने प्रक्षेपण गरेका छन् । अमेजनले अघिल्लो वर्ष युकेमा मात्रै ४० लाख सेकेन्ड ह्यान्ड सामानको व्यापार गरेको जनाएको छ । २०२३ को नौ महिनामा सेकेन्ड ह्यान्ड सामानको व्यापार थप १५ प्रतिशतले बढेको अमेजनको भनाई छ ।

सेकेन्ड चान्स स्टोर भनिने यस्ता स्टोरहरुमा लत्ताकपडादेखि इलेक्ट्रोनिक्स सम्म हरेक किसिमका सामान पाउन सकिन्छ । रिफर्बिस्ड सामाग्रीको मर्मत कतिपय बेला उत्पादकहरुले नै गर्ने गर्दछन् भने कतिपय प्रयोग भएका सामानहरु उपभोक्ताले नै त्यस्ता स्टोरमा बिक्री गर्न लगेका हुन्छन् । नेपालमा पनि सेकेन्ड ह्यान्ड कपडा, पुस्तक, इलेक्ट्रोनिक्स आदिको व्यापार हुने भए पनि स्टोर नै खोलेर भने यस्ता व्यवसाय कमै भएको पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको