Like us!
Follow us!
Connect us!
Watch us!

बजार साइडवेजमा, आगामी साता के होला ?

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १६ : २१ मा प्रकाशित

बजार साइडवेजमा, आगामी साता के होला ?

केहि दिनदेखि नेप्से साइडवेजमा गएको छ ।  हिजो बजारमा ड्रागन फ्लाई डोजी बनिसकेपछि आज बजार मज्जाले बढ्ने प्राय: को अनुमान विपरित आज पनि बजार ३.२२ अंकले घटेको छ ।  बजारमा त्यति  ठूलो उतार चढाव पनि नआउनु र कारोबार रकम पनि न्युन हुँदै जानुले लगानीकर्ताहरु 'पर्ख र हेर 'को अवस्थामा रहेको देखाउदछ ।  

विषेश गरि लगानीकर्ताहरुले मौद्रिक नीतिको त्रैमासिक समिक्षालाइ कुरेको देखिन्छ। कतिपय लगानीकर्ताहरु समिक्षाले तरलता संकटको साथै सेयर धितो कर्जामा लागेको  ४/१२ को क्यापको सन्दर्भमा सकारात्मक परिवर्तन गर्ने आशामा छन् भने कतिपय चाहिं राष्ट्र बैंकले २/३ महिना भित्रैमा आफ्नो  नीति परिवर्तन गर्ने सम्भावना कम छ भन्छन।  

प्राविधिक रुपमा के देखिन्छ ? 

नेप्सेमा आज स्पिनिङ्ग टप क्यान्डल बनेको छ ।  यसले बजारमा खरिद चाप र बिक्रिचाप बराबरीको अवस्थामा रहेको बुझाउँछ ।  

बजारले  २७५० को ट्रेन्डलाइन सपोर्टलाइ ब्रेक गरिसकेपछि बजारले अपट्रेन्ड मुभमेन्ट लुज गरिसकेको छ । बजार बढ्ने क्रममा गयो भने अब लगानीकर्ताले ध्यान दिनुपर्ने बिन्दु भनेको २७७० को बिन्दु हो ।  २७७० लाइ क्लोजिंग बेसीसमा  राम्रो भोलुम सहित क्रस नगरीकन बजारमा ठुलो मुभको अपेक्षा गर्न सकिदैन । बजार घट्दो क्रममा गयो भने पहिको सपोर्ट २६९० को बिन्दु हुनेछ भने २६९० को बिन्दुमा सस्टेन हुन नसकेमा लगानीकर्ताले हेर्नुपर्ने अर्को महत्वपूर्ण बिन्दु २६७० को बिन्दु हो ।  

619f6836ca229.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको