Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १६ : ४७ मा प्रकाशित

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

माछापुच्छ्रे बैंक लिमिटेडले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव यादव प्रसाद कोईराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका छन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाईल फोन लकरमा  सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानबाट १० लाख भन्दा बढी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको