Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १३ : १० मा प्रकाशित

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोना भाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् । 

नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाई छ । डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।

नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको