Like us!
Follow us!
Connect us!
Watch us!

राजदूत डा. ढकाल -यूएनडब्लूटीओ महासचिव जुराब भेट : नेपाललाई पर्यटन क्षेत्रमा निरन्तर सहयोग रहने

अर्थ संसार

विहीबार, १२ माघ २०७९, २२ : ४४ मा प्रकाशित

राजदूत डा. ढकाल -यूएनडब्लूटीओ महासचिव जुराब भेट : नेपाललाई पर्यटन क्षेत्रमा  निरन्तर सहयोग रहने

स्पेनका लागि नेपाली राजदूत डा,शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) महासचिव जुराब पोलोलिकासभिलीसँग भेट गरेकी छन्।  राजदूत ढकालले उक्त भेट मार्फत यूएनडब्लूटीओको मुख्यालयमा महासचिव जुराब समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन्।

उक्त भेटमा उनले यूएनडब्लूटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारेकी हुन् ।

भेटमा महासचिव पोलोलिकासभिलीले नेपाल र यूएनडब्लूटीओबीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन्। नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा यूएनडब्लूटीओको निरन्तर सहयोग रहने आश्वासन पनि उनले दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको