Like us!
Follow us!
Connect us!
Watch us!

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा बङ्गलादेशकी साइमा वाजिद चुनिइन्

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, १३ : ५५ मा प्रकाशित

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा बङ्गलादेशकी साइमा वाजिद चुनिइन्

विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा बङ्गलादेशकी साइमा वाजिद चुनिएकी छन् ।

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा वाजिदलाई सदस्य राष्ट्रहरुको बन्द मिटिङले चुनेको हो । उनले भोटिङमा नेपालका शम्भु प्रसाद आचार्यलाई पछि पारेकी हुन् । आचार्यले दुई मत पाउँदा वाजिदलाई आठ मत प्राप्त भएको थियो । वाजिद अब २०२४ को फेब्रुअरी देखि पदमा बहाल हुनेछिन् । बंगलादेशका प्रधानमन्त्री सेख हसिनाकी छोरी समेत रहेकी साइमा अटिजम अभियन्ताका रुपमा परिचित छन् । 

डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपालसहित श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार गरि ११ सदस्य छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको