Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १६ : ०५ मा प्रकाशित

बेलायतमा मंगलवारदेखि मास्क अनिवार्य

काेराेनाकाे नयाँ भेरियन्ट 'मिक्रोन' भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि  मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । 

यसअघि  प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ । नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको