Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षापछि लगानीकर्ता त्रसित, २६०० र २५६४ महत्वपूर्ण सपोर्टका बिन्दुहरु

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १६ : १६ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षापछि लगानीकर्ता त्रसित, २६०० र २५६४ महत्वपूर्ण सपोर्टका बिन्दुहरु

यो साताको पहिलो दिन आइतबारको बजार करिब ८० अंकले घटेर बन्द भयो ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत सेयर धितोकर्जामा लागेको ४/१२ को क्यापमा केहि सहुलियत दिने अपेक्षा गरिरहेका लगानीकर्ताहरुले सोचेअनुरुपको नीति नआए पछि प्यानिक सेल गर्दा बजार  ठूलो अंकले घटेको हो ।

 अब कुन कुन बिन्दुहरुमा देखिन्छ बलियो सपोर्ट ? 

नेप्सेमा  १ घण्टे कारोबारको आधारमा बनेको चार्ट प्याटर्नलाइ विश्लेषण गरि हेर्दा ट्रेन्डलाइन सपोर्ट २६०० को बिन्दुतिर रहेको देखिन्छ । 
३२०० बाट बजार घटेर २४८० मा आइ त्यहाँबाट बढ्दै बजार २८७६ सम्म पुगेर घट्न सुरु गर्यो ।  २४८० र २८७६ को बिन्दुलाई फ़िबोनासि रिट्रेश्मेण्ट लगाएर हेर्दा २६३० को बिन्दुमा एउटा बलियो सपोर्ट देखिन्छ।  यदि बजारले २६३० को बिन्दुलाई सपोर्ट लिन नसकेमा अर्को महत्वपूर्ण सपोर्टको बिन्दु २५६४ हुनेछ ।  

आज बजार घट्दै गर्दा विगत केहि दिनयता आइरहेको भन्दा बढी भोलुम आएको छ ।  घट्दो बजारमा धेरै भोलुम आउनुले बजार अझ घटेर जाने संकेत गर्दछ ।  

अब लगानीकर्ताहरुले बजारमा विशेष गरि ध्यान दिनुपर्ने बिन्दूहरु भनेका  २६०० र २५६४ हुन् । यी दुवै महत्वपूर्ण सपोर्टका विन्दुहरू हुन् ।  
बजार घट्दै गर्दा अत्याधिक डराउने र अलिकति बढ्दै गर्दा अत्याधिक आशावादी हुने स्वभावले बजारमा पैसा बनाउने सम्भावना कम भएर जान्छ ।  बजार घट्दै गर्दा राम्रो सम्भावना बोकेका कम्पनीका सेयरहरु किन्दै जानु राम्रो हुने देखिन्छ ।  

61a35c6787d24.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको