Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव: कच्चा तेलको मूल्य घट्दै

पत्रपत्रिका

सोमबार, १३ मंसिर २०७८, ०७ : २६ मा प्रकाशित

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव: कच्चा तेलको मूल्य घट्दै

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक  हप्ताअघि  प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । 

कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट   पाँच   करोड   ब्यारेल   पेट्रोलियम  पदार्थ  निकासा  गरेपछि  कच्चा  तेलको  मूल्य  घट्न  थालेको  निगमले  जनाएको  छ  ।  निगमका  प्रवक्ता  विनितमणि  उपाध्यायले  भने,  “कच्चा  तेलको  मूल्य  बिस्तारै  घट्न  थालेको  छ,  विशेष  गरी  अमेरिकाले  भण्डारण  गरेको  तेल  बजारमा  पठाउनु  र  कोरोनाको  नयाँ  भेरियन्टका  कारण  घट्ने  सम्भावना छ, सुधारको सङ्केत देखिएको छ ।”

निरन्तरको  मूल्य  वृद्धिले  हरेक  १५  दिनमा  दुई  अर्ब  घाटा  बेहोरिरहेको  निगमले  सञ्चित  रकमबाट  पूर्ति  गरिरहेको  छ  ।  निगमसँग हाल सञ्चित रकम करिब छ अर्ब रुपियाँ रहेको छ । पछिल्लो घाटालाई हेर्दा सो रकम तीन महिना पुग्ने देखिन्छ । मूल्य स्थिरीकरण कोषमा १२ अर्ब रुपियाँ सञ्चित छ, जुन रकम  चलाइएको  छैन  । स्थिरिकरण  कोषको  रकम  निकासाका  लागि  निगमले  उद्योग,  वाणिज्य  तथा  आपूर्ति  मन्त्रालयसँग  अनुमति  दिनुपर्छ  ।

कर्मचारी  बोनसका  लागि  सञ्चित  गरिएको  रकम  तीन  अर्ब  रुपियाँ  छ  ।  सो  रकम  पनि  नचलाइएको  निगमका  प्रवक्ता  उपाध्यायले  बताए  ।  यी  सब  गर्दा  निगमसँग हाल २१ अर्ब रुपियाँ रकम रहेको छ ।

अन्तर्राष्ट्रिय  बजारमा  तेलको  मूल्य  छिट्टै  नघट्ने  हो  भने नेपालको घाटा निगमले लामो समय थेग्न नसक्ने निगमले जनाएको  छ  ।  तत्कालका  लागि  सञ्चित  रकमबाट  कारोबार  गरिए पनि लामो समय टिक्न नसकिने उपाध्यायको भनाइ छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको