Like us!
Follow us!
Connect us!
Watch us!

अन्तराष्ट्रिय बजारमा निरन्तर घट्दै कच्चा तेलको मूल्य

अर्थ संसार

बुधबार, ०२ चैत्र २०७८, ०७ : ०९ मा प्रकाशित

अन्तराष्ट्रिय बजारमा निरन्तर घट्दै कच्चा तेलको मूल्य

कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । आपूर्तिमा अवरोध आउने संभावना अलि कम भएको र चीनमा २ वर्षयताकै उच्च कोरोना भाइरसको संक्रमण देखिएको खबरले झन्डै तीन हप्तामा पहिलो पटक मंगलबार कच्चा तेलको मूल्य सय डलरभन्दा तल झरेको हो । 

मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर ४४ सेन्टसम्म आएको थियो । यो समाचार तयार गर्दा  साँझ साढे बजे आससपास ब्रेन्ट क्रुडको मूल्य ५ दशमलव ९ प्रतिशतले को कमी आइ प्रतिब्यारेल ९९ डलर ५६ सेन्टमा थियो । 

मंगलबारको कारोबारमा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ९३ डलर ५४ सेन्टसम्म आएको थियो । यो फेब्रुअरी २५ यताकै न्यून हो । अघिल्लो दिन चीनमा कोभिडको दैनिक संक्रमण बढेको खबरका कारण तेलको भाउमा ५ प्रतिशतको कमी आएको थियो ।अन्तरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुस र युक्रेनबीच युद्धबिरामसम्बन्धी वार्ताले पनि तेल बजारमा कमी आएको हो ।एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको