Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रसारणमा थपियो ५२ मेगावाट बिजुली, आईपिओ निष्कासन गर्ने कम्पनीको तयारी

पत्रपत्रिका

सोमबार, १३ मंसिर २०७८, ०८ : १० मा प्रकाशित

राष्ट्रिय प्रसारणमा थपियो ५२ मेगावाट बिजुली, आईपिओ निष्कासन गर्ने कम्पनीको तयारी

राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ। रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदिमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाबाट उत्पादित ५२.४ मेगाबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाबाट अहिले करिब ३५ मेगावाट विद्युत् केन्द्रीय शिडमा जोडिएको छ । निजी क्षेत्रको गिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका ७, भुजी र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको बोचना बग्ने लिख नदीको पानीलाई बिमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको सानो फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको छ ।

उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको छ। उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको
मन्थली नगरपालिका ६, खिम्तीमा निर्माण भएको न्य खिम्ती सबस्टेसनमा जोडिएको छ।

निर्माण सम्पन्न आयोजनाले तत्कालै सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने गिनभेन्चर लिमिटेडका अध्यक्ष सुभाष सङ्घाईले बताए । यसअघि रामेछापको इलेदेसोदेखि ओखलढुङ्गा सानीसम्मको प्रबेरा सडकलगायतको पूर्वाधारको काम गरेको थियो ।

लिखु नदीको पानी प्रयोग गरी अन्य छवटा आयोजनासमेत निर्माणाधीन छन् । लिखु १, २ ३ लिखु ए जलबिद्यत आयोजना निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ। रामेछाप जिल्लामा लगानीको वातावरण बन्दै गएको प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले बताए। रामेछाप र ओखलढुङ्गामा लगानीको रातो बातावरण बनेको छ। यहाँ लगानीको कुनै जोखिम छैन । त्यसैले दुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु,” उनले भने । आठ वर्षको अवधिमा रामेछाप जिल्सका सबै घरबस्ती तथा झुपडीलाई उज्यालो बनाउन सफल भएको उनको भनाइ छ।

सुरुमा १२० मेगावाट क्षमतामा उत्पादन गर्नेगरी डिजाइन गरिएको लिनु ४ जलविद्युत् आयोजनामा भारतीय कम्पनी मिलबारासँगको साझेदारी टुटेपछि सिनभेन्चर लिमिटेडले आयोजनाको क्षमता घटापर काम थालेको थियो।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको