Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको गिरावट, जानकार भन्छन् "अझै केहि दिन सामान्य करेक्सन आउन सक्छ"

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १४ : ४४ मा प्रकाशित

रोकिएन नेप्सेको गिरावट, जानकार भन्छन् "अझै केहि दिन सामान्य करेक्सन आउन सक्छ"

साताकाे दोस्रो काराेबार दिन आज (साेमबार) सेयर बजारमा करेक्सन देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ उप समूह मध्य म्युचुअल फण्ड बाहेकका १२ वटा उपसमूह ओरालो लागेका छन् ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । त्यसैकाे असर सेयर बजारमा हिजाे देखिनै देखिएकाे हाे । 

अहिले बजारमा देखिएको करेक्सन राष्ट्र मौद्रिक नितिको समिक्षामा सेयर कर्जामा लगाएको सिमा परिमार्जन नगरेको कारणले मात्र आएको मान्न तयार छैनन् युवा लगानीकर्ता दिनेश लामिछाने । केहि हदसम्म यो फ्याक्टरले पनि काम गरेको होला तर यसैको कारणले मात्र बजार घटेको भने होईन यो पुरानो नै भइसक्यो नि उनले भने । 

अहिले बजारमा देखिएको तरलता अभावलाई पनि बजार घट्नुको कारण मान्छन् उनि । "अहिले बैंकहरु कर्जा दिने अवस्थामा देखिदैनन् जसका कारण सेयर कर्जा लिएर सेयरमा लगानी गर्न सक्ने अवस्था देखिदैन बजारमा अब त्यति ठुलो मुभमेन्ट आउने जस्तो देखिदैन न बजार धेरै अंकले घट्छ न त बढ्न नै सक्छ यो करेक्सन अझै केहि दिन लम्बिन पनि सक्छ तर केहि दिन बजार घट्यो भन्दैमा आत्तियर बियरिस साइकल नै आयो भन्नु चाँहि मुर्खता नै हो अब लगानीकर्ताहरुले केहि दिन पर्खिएर यो करेक्सनलाई लगानीको अवसरमा लिनुपर्छ जस्तो लाग्छ" उनले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेकाे छ । नेप्से ०.८१ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा झरेको छ । 

कूल २२८ वटा कम्पनीकाे ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

साेमबार न्यादि पावर सहित जम्मा ६० वटा कम्पनीकाे सेयरमूल्य बढेकाे छ । आज न्यादि पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ३ सय १० रूपैयाँ  ५० पैसा पुगेकाे छ । 

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २९ कराेड ८१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज  आइसिएफसी फाइनान्स कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ याे कम्पनीकाे सेयर १० प्रतिशतले घटेकाे हाे ।

61a49d416266b.JPG 61a49d4168f59.JPG 61a49d41a79b9.JPG 61a49d41ba01e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको