कामना सेवा विकास बैंकले संचालनमा रहेको दुई शाखालाई पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपरासी, सुस्तापूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्तापूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा पुनर्निमार्ण गरी सञ्चालनमा ल्याएको हो । दुवै शाखाको पुनर्निर्माण सम्पन्न गरी सोमबार बैंकका अध्यक्ष सुदिप आचार्यले समुद्घाटन गरेका थिए ।
बैंकका ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवाप्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण संचालनमा ल्याएको बैंकले लजनाएको छ ।
Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवाप्रदानगर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा७६ वटा ATM मार्फत ग्राहकमहानुभावहरुलाई सेवाप्रदानगर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस