Like us!
Follow us!
Connect us!
Watch us!

एमाले महाधिवेशनः उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १८ : ५१ मा प्रकाशित

एमाले महाधिवेशनः उम्मेदवारी दर्ताबाट आयोगलाई २१ लाख २५ हजार आम्दानी

नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठाएको छ । 

समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ ।

३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन्  भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ । 

केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ । आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ । 

आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको