Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मेगा बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०६ : १३ मा प्रकाशित

नेप्सेमा मेगा बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ९२ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय २२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, हिजो मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको मंसिर ६ गते, ९सोमबार० बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २८ गते,  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमांडौमा पोखरामा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २।०७ प्रतिशत नगद गरी कुल १२।०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

61a5716d42395.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको