नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ ।
बैंकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि मंसिर २४ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
बैंकले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट मंसिर ३ गते, शुक्रबार अनुमति पाएकाे थियाे ।
बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएकाे थियाे ।
बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस