Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्ट अप इकोसिस्टमलाई बढवा दिन राज्य–निजी क्षेत्रबीच सहकार्य जरुरी छ, वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, २१ : ३२ मा प्रकाशित

स्टार्ट अप इकोसिस्टमलाई बढवा दिन राज्य–निजी क्षेत्रबीच सहकार्य जरुरी छ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्ट अप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् । 

बुधबार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकाललले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्ट अप व्यवसायले धेरै समस्याझेल्नु परेको बताउँदै यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीचबहिलो सहकार्यको जरुरी रहेको बताए । 

उनले दक्षिण एशियामा ठूलो बजारकाकारण स्टार्ट अप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्ट अपहरुलाई अनुकूल वातावरण समेत रहेको बताए । 

“विशेष गरी युवाव्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसायगर्ने नयाँनयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्ट अप व्यवसायहरुको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ ।” उनले भने ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरु र स्टार्ट अपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उहाँले विशेषगरी महिला र युवाहरुलाई महासंघले सहयोग गरेको बताए । 

“महासंघले आईहब र स्टार्ट अप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवाव्यवसायीहरुलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,” उनले भने, “आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरुलाई सूचनामा पहुँच दिइ उनीहरुलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदानगर्ने गरेका छौं ।”

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्ट अप नीति बनाउने काम भइरहेको छ, उनले बताए । साथै उनले महासंघले स्टार्ट अप तथा नवप्रवर्तन व्यवसायीहरुलाई सहयोग तथा सहजीकरणका लागि सात वटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरु स्थापना गर्न गइरहेको समेत जानकारी गराए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको