Like us!
Follow us!
Connect us!
Watch us!

द्वन्द्व पीडित अपाङ्ग समाजलाई ज्योति विकास बैंकको सहयोग

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १४ : ३७ मा प्रकाशित

द्वन्द्व पीडित अपाङ्ग समाजलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंक लिमिटेडले द्वन्द्व पीडित अपाङ्ग समाज - नेपाललाई सहयाेग गरेकाे छ । 

बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौंस्थित द्वन्द्व पीडित अपाङ्ग समाज - नेपाललाई संस्थामा आश्रित अपाङ्गता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधीहरु हस्तान्तरण गरेको छ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी शाखा प्रबन्धक श्री रीमा प्रधान द्वारा शंखारापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्व पीडित अपाङ्ग समाज - नेपालका अध्यक्ष युवराज थापालाई ५० हजार रूपैयाँ बराबरको औषधी हस्तान्तरण गरेका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको