Like us!
Follow us!
Connect us!
Watch us!

दराजको सेवा प्रति उपभोक्ताको चरम असन्तुष्टि, भन्छन् “पुतली देखाएर झुसिलकिरा डेलिभरी”

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १४ : ५४ मा प्रकाशित

दराजको सेवा प्रति उपभोक्ताको चरम असन्तुष्टि, भन्छन् “पुतली देखाएर झुसिलकिरा डेलिभरी”

इ कमर्स दराजको सेवा प्रति आम ग्राहकहरुको चर्को असन्तुष्टि देखिएको छ । यसका प्रयोगकर्ताहरुले अर्डर क्यानसील गर्दा दुःख दिएको, अनलाईनमा देखाए जस्तो सामान डेलिभरी नगरेको भन्दै सामाजिक सञ्जाल मार्फत चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

दराजका एक उपभोक्ताले सामाजिक सञ्जालमा लेखेकाछन् 'पुतली देखाएर झुसिलकिरा डेलिभर गर्नु यिनिहरुको काम हो' । दराजले आफुले बिक्रि गर्ने सामानहरुमा केहि दिन भित्रमा समान मन नपरेमा सामान फिर्ता गर्न सक्ने समेत सुविधा दिएको छ तर त्यहि सुविधाको उपभोग गर्दा आँफुहरु ठगिन परेको ग्राहकहरुको गुनासो छ । सामान फिर्ता त गर्छन् तर त्यो सामानको पैसा समयमा फिर्ता गर्दैनन् एक ग्राहकले भने "मैले सामान फिर्ता गरेको एक महिना नै बितिसक्यो तर अहिले सम्म पनि मैले मेरो पैसा फिर्ता पाएको छैन ।" 

कतिपय उपभोक्ताहरुले त दराज मात्र नभएर नेपालका सबै इ कमर्स कम्पनीहरुको सेवा एकदमै नराम्रो भएको अनुभव छ । न अनलाईनमा देखाए जस्तो सामान नै पाँउछ न त सेवा नै राम्रो हुन्छ बरु आँफै बजारमा गएरै सामान किन्न सहज लाग्छ एक उपभोक्ताले अर्थसंसारसंग भने । 

केहि दिन अघि अर्थसंसार डटकमले दराजको बदमासीः अर्डर क्यान्सिल पैसा झ्वाम ! समाचार प्रकाशन गरेपछि दराजले ग्लोबल आईएमई पेसँग समन्वय गरेर उनको रकम फिर्ता गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको