Like us!
Follow us!
Connect us!
Watch us!

प्रोभिजन राइटब्याक हुँदा नेशनल हाइड्रोको नाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, ०६ : ४४ मा प्रकाशित

प्रोभिजन राइटब्याक हुँदा नेशनल हाइड्रोको नाफामा उछाल, कति पुग्यो प्रतिसेयर आम्दानी ?

नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफाामा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले तत्लो इन्द्रावतीको लाइसेन्स पाएपछि ६१ करोड ७२ लाख ४७ हजार रुपैयाँ राईटब्याक हुँदा कम्पनीको नाफामा बृद्धि भएको हो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर १ करोड ३५ लाख ७६ हजार रुपैयाँमा सीमित छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ६४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७६ पैसा रहेको छ ।

अर्थसंसारसंगको कुराकानीमा एनएचपिसीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले अब हामिले लाइसेन्स पाइसक्यो कम्पनीले गरेको ६५ करोड प्रोभिजन राइटब्याक हुन्छ त्यसैले यो पटकको साधारणसभामा लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव लाने छौ, अब लगमनीकर्ताहरुको प्रतिक्षाको अघि समाप्त भएको छ यसै बर्ष लाभांश वितरण हुने बताएका थिए ।

विद्युत विकास विभागले मागेको आर्थिक प्रस्तावमा नेसनल हाइड्रोपावरले सबैभन्दा बढी रकम कबोल गरेकाले नेशनल हाइड्रोले गत असार १४ गते आसयपत्र (लेटर अफ इन्टेन्ट) पाएको थियो । नेशनल हाइड्रोले ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाईसेन्स) लिएर आयोजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो । काम बन्द भएपछि विद्युत विकास विभागले आयोजनाको लाईसेन्स खारेज गरेको थियो। लाईसेन्स खारेज भएपछि कम्पनीले करिव ६५ करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको हो ।

नेशनल हाइड्रोले ३१ मेगावाटको इखुवा खोला पनि निर्माण गर्दैछ । इखुवा खोलामा माछापुच्छ्रे बैंकको लिडमा माछापुच्छ्रेले ७० करोड, नेपाल एसबीआई बैंकले ५० करोड र ज्योति विकास बैंकले ४८ करोड रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ ।

परियोजनाको लागत २ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ । इखुवा खोलामा नेशनल हाइड्रोको ६७ प्रतिशत लगानी छ । कम्पनीले आयोजना बनाउन लिएको सबै ऋण भुक्तानी भइसकेको छ । लाईसेन्स पाएपछि प्रोभिजन भएको रकम फिर्ता भएपछि वासलात धनात्मक बन्ने छ । नेशनल हाइड्रोका अध्यक्षा कुमार पाण्डेले लाभांश बाँड्ने हैसियतमा कम्पनी पुगेको बताए ।

कम्पनीले सार्वजनिक गरको वित्तीय विवरण हेर्नुहोस्ः 

61ac10077e1fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको