Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, ०७ : १३ मा प्रकाशित

प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको