सामान्यत अस्पतालहरु भनेको व्यवसायिक भन्दा पनि बढी सेवा प्रदायक हुनु पर्ने हो तर काठमाडौँका केही अस्पतालहरुले अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामी भेट्न आउने बिरामीका आफन्तहरुसँग महँगो पार्किङ्ग शुल्क असुलिरहेको पाइएको छ ।
काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल नेपालकै महँगो अस्पताहरुमध्येमा एक पर्छ । यहाँको सेवा सामान्य अन्य अस्पतालहरुको तुलनामा महँगो र राम्रो पनि मानिन्छ । तर यही अस्पतालले बिरामीको उपचारको शुल्कले नपुगेर उपचार गर्न आउने बिरामी र उनीहरु भेट्न आउने आफन्तसँग चर्को पार्किङ्ग असुल गरिरहेको छ । स:शुल्क सेवाग्राहीलाई अनिवार्य पार्किङ्गकाे सुविधा दिनु अस्पतालको न्यूनतम कर्तव्य भएपनि वर्षौँदेखि अस्पतालले पार्किङ्ग बापत छुट्टै पैसा असुल गरिरहेको छ ।
"अस्पतालमा आँउदा तेत्रो पैसा तिरिन्छ तर अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई एउटा सामान्य पार्किङको नि:शुल्क व्यवस्था पनि गर्न नसक्ने जताबाट पनि जनता नै मार्न खोज्ने हुनत हाम्रो देशमा ठुलालाई चैन सानालाई ऐन भन्ने भनाइ नै छ कम्तीमा आफ्नो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई नि:शुल्क पार्किङ्गको समेत सुविधा उपलब्ध गराउन नसक्ने ? जहाँबाट पनि लुट्नै खोज्ने," एक सेवाग्राहीले आक्रोश व्यक्त गरे ।
अहिले नर्भिक अस्पतालमा आउने सेवाग्राहीले दुईपांग्रे सवारीको प्रतिघण्टा १५ रुपैयाँ र दिनभरको ३५ रुपैयाँ शुल्क तिर्नुपर्छ भने चारपांग्रे सवारी साधनको प्रतिघण्टा ३५ रुपैयाँ र दिनभरको १ सय ५० रुपैयाँ शूल्क तिर्नु पर्दछ ।
एक सेवाग्राहीलेआफु आफ्नो दाईको उपचारका लागि करिब १५ दिन अस्पतालमा कुरुवा बस्दा करिब ४ हजार जति त पार्किङ शुल्कमात्र तिरेको गुनासो गरे । काम परेर बाहिर निस्कने आउने गरिरहनुपर्छ हरेक पटक बाहिर भित्र गर्दा फेरी नयाँ चिट काट्नुपर्ने भन्दै यति लामो समयसम्म अस्पतालमा लाखौँ तिर्ने ग्राहकहरुसँग पनि पार्किङ्गको पैसा लिएर अस्पतालले ठगी गरेको आरोप लगाए ।
रुपैयाँमा हेर्दा १०० २०० रुपैयाँ सामान्य जस्तै हो यत्तीको अस्पतालमा आउने सेवाग्राहीले त्यति शुल्क तिर्न पनि सक्छन् तर यहाँ लिन पाउने नपाउने भन्दा पनि नियतको कुरा जोडिन्छ अस्पतालमा आएका सेवाग्राहीले उपचारमा लाखौ रुपैयाँ तिरिहेका हुन्छन् तर आफ्ना ग्राहकलाई सेवा दिनुको सट्टा पार्किङ्गमा पनि शुल्क नछोड्नुले अस्पताल सेवा भन्दा पनि बढी आम्दानी केन्द्रित देखिएको बताउँछन् एक सेवाग्राही ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस